तिलक राम खत्री
(भूतपूर्व विद्यार्थी )

“सर्बप्रथम त सम्पूर्ण मा मेरो तर्फबाट सम्पूर्ण मा हार्दिक नमन व्यक्त गर्न चाहान्छु | म एउटा भुत पुर्व बिद्यार्थी को नाताले केहि कुरा लेख्दै छु | हाम्रो यस बिद्यालय २०१७ साल मा स्थापना भै अहिले ६१ औ बर्ष मा लाग्दै गर्दा यसले विभिन्न आरोह अबरोह पार गर्दै यहाँसम्म आइपुगेको छ | मैले वि..स,२०६७ सालमा सुधा मा.वि बाट SLC पास गरे| कक्षा १-१० सम्म करिब १० बर्षको त्यो स्कुले जिवन मा धेरै कुराहरु सिकियो भोगियो जुन सबै कुरा लेखिसाध्य छैन |र पछिल्लो १० बर्षमा स्कुलले जुन प्रगति गरेको छ , चाहे त्यो भौतिक पूर्वाधार मा होस्, या बिषय थप्ने कुरा मा होस् या गुणस्तरीयता मा होस्, एकदम सराहनीय छ | स्कुले जिवन मा एउटा राम्रो विद्यार्थीको रुप मा रही आज यो अबस्था आउइपुग्नु मा स्कुल र सम्पूर्ण आदरणीय गुरुहरुको सबैभन्दा ठुलो योगदान रहेको छ | हजुरहरुको त्यो माया अनि साथ को लागि सधै आभारी छु |अझै सफल हुन बाकि नै छ  तेसका लागि सधै माया अनि आशिर्बाद पाउछु भन्ने आशा छ |

एउटा बिद्यार्थी भएको नाताले आफुले पढेको र जानेको कुरा बाट स्कुलको लागि केहि गरौ भन्ने हेतुले मैले स्कुलको website निर्माण गरि हस्तान्तरण गरेको छु | त्यस्तै स्कुललाई आगामी दिनका सफलताका लागि हार्दिक शुभकामना दिन चाहान्छु |

धन्यवाद !!!!!!!!!!!!!!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *