भक्त बहादुर वली

अध्यक्ष


बंगलाचुली गाउँपालिका

बंगलाचुली गाउँपालिका वडा नं. ५ स्थित श्री सुधा माध्यामिक विद्यलायको आफ्नो ६१ औं वार्षिकोत्सवको अवसरमा ‘सुधा स्मारि का’प्रकाशन गर्न लागेको सुन्दा खुसी लागेको छ । सुधा स्मारिका प्रकाशनगर्ने जमर्को गरेकोमा विद्यालयसँग सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक बधाईतथा शुभकामना दिन चाहन्छु । विद्यालयको इतिहासमै पहिलोपटक स्मारिका प्रकासन गर्ने कार्यले यस क्षेत्रको शैक्षिक जागरण ल्याउने छ भन्ने आशा तथाअपेक्षा गर्दै स्मारिका प्रकाशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। ‘सुधा स्मारि का’मा विद्यालयको इतिहास, शैक्ष्ँिक गतिविधि, विद्यार्थीका लेखरचना, शिक्षक तथा अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको पठनीय सामग्री प्रकाशन गरी स्मारिका ओजपूर्ण हुनेछ भन्ने कुरामा विस्वस्त छु ।यस श्री माध्यमिक विद्यालय झेल्नेटा, दाङले व्यवस्थापन पक्ष,शैक्षिक पक्ष र आर्थिक पक्षलाई सुधार गर्दै यस क्षेत्रको अग्रणी संस्थाको रुपमा विकास होस् । एउटा आदर्श विद्यालयको रुपमा स्थापित हुँदै अग्रगति प्रदान गर्न क्रमिक रुपमा निर्धारण लक्ष्यहरु पहिल्याउँदै राज्यले लिएका शिक्षाका राष्ट्रिय उद्देश्य र लक्ष्यहरु पुरा गर्दै स्थानीय तहमा समुन्नत विकास
गर्ने जनशक्ति उत्पादन गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।विद्यालयको प्रमुख कार्य नै शिक्षण सिकाई हो । विद्यालय सुध्रिए बालबालिका सुध्रिन्छन् बालबालिका सुध्रिए घर, गाउँ, समाज, देश सुध्रिन्छ ।एक्काइसौं सताब्दीमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न यस विद्यालयको अहम भूमिका रहनेछ भन्ने कुरामा विश्वस्त छु । यस विद्यालयको विकासमा महत्वपूर्ण योगदान पु¥याउने समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवि, अभिभावक सबैको साथ सहयोग लिई अझ विद्यालयलाई शिखरमा पु¥याउन कोसिस हुनेछ भन्ने अपेक्षा राख्दै स्थानीय तहको तर्फबाट आवश्यक गर्ने प्रतिबद्धता
व्यक्त गर्दै विद्यालयको समग्र विकासको लागि शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *