मित्रप्रसाद गौतम

इकाई प्रमुख(उप-सचिव )

दाङ जिल्ला बंगलाचुली गाउँपालिका वडा नं. ५ मा रहेको श्री सुधा माध्यामिक विद्यालयको ६१ औं वार्षिकोत्सवका अवसरमा ‘सुधा स्मारि का’ प्रकाशन गर्न लागेको जानकारी पाउँदा खुसी लागेको छ । यसको लागि विद्यालय परिवार लगायत विद्यालयसँग सरोकारवाला पक्षलाई हार्दिक बधाई दिन चाहन्छु ।

देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि शिक्षाको महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमुलक, वैज्ञानिक, व्यावहारिक एवम् गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशीला हो । मुलुकको सर्वाङ्गीण विकासको मूल आधार शिक्षा हो र गुणस्तरीय शिक्षा मार्फत सक्षम जनशक्ति उत्पादनको मुल थलो भनेको विद्यालय हो ।
विद्यालयले विद्यलायमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फि विकासमा लागि समय सापेक्ष शिक्षण सिकाइ क्रियाकलाप संचालनको साथै सह तथा अतिरिक्त समेत संचालन गर्नुपर्ने हुन्छ साथै विभिन्न खालका सृजनात्मक कार्यहरुलाई पनि प्रवर्धन गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा यस विद्यालयले आफ्नो ६१ वर्षे इतिहासमै पहिलोपटक ‘सुधा स्मारि का’ निकाल्ने प्रयास गरेको छ जुन निकै सराहनिय कार्य हो ।
यस स्मारिका विद्यालयमा भए गरेका गतिविधिहरु सँगै शिक्षक विद्यार्थीहरुका सृजनात्मक प्रस्तुति पनि समेटिने भएकोले यो स्मारिका शिक्षक विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटनको चौतारी समेत बन्ने छ भन्ने विश्वास लिएको छु । यो स्मारिका सूचना तथा सन्देशमुलक बन्न सकोस् र सामाजिक चेतना जागरण गर्ने पठनीय समाग्री समेत हुन सकोस् साथै नाम जस्तै सुधायुक्त बन्न सफल होस भन्ने शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *