Social Responsibility

यस सुधा माध्यमिक विद्यालय साबिक को लोहारपानी गा.वि.स. वार्ड -६ हालको बंगलाचुली गाउँपालिका -५,झेल्नेटा मा अबस्थित छ | बिद्यालय वार्ड-५,र ६ को करिब करिब बिचमा रहेको छ| हाम्रो यस बिद्यालयमा मुर्कुटि, मसुरे,गदारी, अमारे , तिमीले, रिभान, सुकिदहः,फलिदे, कोहोल , गुराशिनी ,सकिने, कुडुले,लाहापे, देखि लिएर जरे, झिंगा, रोकिनेडाँडा त्यस्तै प्युठानका केहि भागहरु बाट समेत बिद्यार्थी हरु पढ्न आउने गर्दछन | यी विभिन्न भागहरुमा विभिन्न किसिम को चाल – चलन, रितिरिवाज र सस्कृति रहेको छ | यी समुदाय हरु बहुल जाति, धर्म अनि सकृति ले मिलेर बनेको छ |विद्यालयको एउटा सामाजिक दायित्व अन्तर्गत समाजमा ज्ञानको ज्योति छर्नु हो | समाजमा बिधमान बिभिन्न किसिमका कुरीति र अन्धबिस्वास लाइ हटाउनु र नागरिक मा  सचेतना जगाउनु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो | त्यसैले यस बिद्यालय हाम्रो समुदाय प्रति सामाजिक दायित्व पुरा गर्न तत्पर छ र लागिपर्ने छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *