एनुराज खत्री
बिद्यालय व्यवस्थापन समिति (अध्यक्ष )

भावी सन्ततीलाई शिक्षाको ज्योती बाँड्ने पवित्र उद्धेश्यका साथ बि.स. २०१७ सालमा स्थापना गरिएको यस श्री सुधा मा.बि. झेल्नेटा बंगलाचुली गाँउपालिकाको एक प्रमुख र पुरानो बिद्यालय हो । मेरो प्रारम्भीक शिक्षा देखि कक्षा ७ सम्मको शिक्षा हासिल गरेको यस बिद्यालयले करिब ६ दशक पार गरि सकेको छ । यो लामो समयको दौडानमा बिद्यालयले निकै अप्ठ्यारा आरोह, अवरोह पार गर्दै अगाडी बढिरहेको छ। बिकासले आमूल परिवर्तन गर्दै गर्दा शैक्षिक धरोहरको रुपमा रहेको यस सुधा मा.बि. ले उल्लेखनिय परिवर्तन गर्न नसकि रहेको परिवेशमा यो चार, पाँच बर्षको अन्तरालमा आशा रुपी दियो बाल्न सफल भयो । बिद्यालय प्राङ्गण बिस्तार गरि भौतीक र बाताबरणीय पक्षबाट सवल पार्न कटिबद्ध रहेको महसुस गरेको छु । देश बिकासको प्रमुख पक्ष भनेको शिक्षामा बिकास एक अपरिहार्य तत्व हो । तसर्थ म भित्र बिद्यालयको सर्वाङ्गिण बिकासको महत्वकाङ्क्षाले जरो गाड्न थाल्यो । शिक्षालाई प्रबिधिमय र प्राबिधिक शिक्षाको आवश्यकता बोध हुन थाल्यो । जसका लागी स्थानीय बुद्धिजिबी, शिक्षा प्रेमि, भू.पु. शिक्षक, बिधार्थी, महिला सहकारी, आमा समुह, कृषक समुुह, सामुदायिक बन, प्रदेशमा रहनु भएको शिक्षा प्रेमि तथा न्याय प्रेमि जनसमुदाय, शिक्षक स्टाफको साथ र सहयोगमा मेरो सँयोजकत्वमा शैक्षिक तथा धार्मिक महायज्ञ सन्चालन गरि बिद्यालयको निरन्तर बिकासको कार्यमा एक खुडकिलो थप्ने काम गरियो । सायद यो बिद्यालयको ईतिहासमा एक कोशेढुँङ्गा सावित हुनेछ । तत् पश्चात प्राबिधिक धार तर्फ कृषि वाली बिज्ञानका लागी आबश्यक कृषि जमिन खरिद गरि प्राबिधिक धार कक्षा ९–१२ बि.स. २०७६ मा स्विकृत गरि सन्चालन गरियो । साधारण धार तर्फ कक्षा १२ सम्म स्विकृती लिई सन्चालन भैरहेको छ ।
बिश्व प्रबिधिमय भैरहेको अबस्थामा शैक्षिक गतिबिधिहरु प्रबिधिमय बनाउन शिक्षकका लागी ३ महिने कम्प्यूटर तालीम अनिवार्य गरिनुका साथै शिक्षक र बिधार्थीलाई जिम्मेवार बनाउन बिधुतीय हाजीरी र सि.सि. क्यामेराहरु हाल सन्चालन भैरहरेका छ । सिकाई प्रबिधि मैत्री बनाउन आइ.सि.टि.ल्याव, स्मार्ट वोर्ड, डिजिटल वोर्ड, ई–लाईब्रेरी, बिज्ञान प्रयोगशाला, लाईब्रेरी सन्चालनमा ल्याएका छाँै ।
संसारभर अङ्ग्रेजी भाषाको प्रचार भाषमा भएको ग्लोबलाईजेसनको एक कडि हो । आम मानीस, समूदाय, बालबालिका आदि सबैमा अङ्ग्रेजी भाषा तर्फ आकर्षण बढ्दै जानु यसैको शिलशिला हो । यस्तो समय परिवेश अनुसार बंगलाचुली प्रा.वि मुर्कुटी र बंगलाचुली ईङ्गलिश बोर्डिङ स्कुल कक्षा नर्सरी देखि ८ सम्म सन्चालीत बिद्यालयलाई सुधा मा.बि. झेल्नेटामा मर्ज गरि अङ्ग्रेजी माध्याममा पठन–पाठन गर्ने बंगलाचुली गाँउपालिकाको पहिलो बिद्यालय बनेको छ । बिद्यालयको ईतिहासमा सायद यसले युगान्तकारी परिवर्तनको झलक प्रतिविम्वीत गर्ने छ । बिद्यालयको शैक्षिक पाटो सवलपान भौतीक पक्ष पनि आबश्यक पर्ने त्यस मध्ये एक अपरिहार्य–पिउने पानीका लागी जलजलामा पानीको मूहान भएको जग्गा खरिद गरि पानी पम्पीङ्ग कार्य पनि सम्पन्न भएको छ ।
यस बिद्यालयको सर्वाङ्गीण बिकास छोटो समय मै उल्लेखनिय रुपमा भएको हँुदा बंगलाचुली गाउँपालिका, सामाजिक बिकास मन्त्रालय, प्रदेश डिभिजन कार्यालय तुल्सीपुर दाङले बि.स. २०७८ मा जिल्लाकै उत्कृष्ट बिदालयको रुपमा पुरस्कृत हुने अबसर पायो ।
म यो छोटो समयमै बिद्यालयको भौतीक, शैक्षिक तथा बाताबरणीय पक्षमा युगान्ताकारी सुधारका लागी बिद्यालय प्रति सदा–सयता देखाई आ–आफ्नो स्थान बाट अमूल्य सहयोग गर्ने शिक्षा प्रेमि, बुद्धिजिबी, पुर्ब शिक्षक, बिधार्थी, शिक्षक स्टाफ, बिधार्थी भाई बहिनी जन समूदाय तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी प्रति हार्दिक आभार प्रकट गर्दै पुनः बिद्यालय प्रति सधै सद्भावको अपेक्षा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *