माननिय बसिउदीन खाँ

मन्त्रि


शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय ,लुम्बिनी प्रदेश

दाङ जिल्लाको शैक्षिक जगतमा बंगलाचुली–५ झेल्नेटामा अवस्थित श्री सुधा माध्यामिक विद्यालयको महङ्खवपूर्ण भूमिका रहेको छ । विद्यालयको ६१ औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई यहाँसम्म पु¥याउनु हुने शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा शिक्षक एवं विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
विकासको प्रमुख आधार भनेको नै शिक्षा हो । शिक्षित र सीपयुक्त जनशक्ति उत्पादन आजको आवश्यकता हो । यसै कुरालाई सार्थक गर्दै अगाडि बढेको यस विद्यालयको आफ्नो ६१ औं वार्षिकोत्सवको सु अवसरमा ‘सुधा स्मारि का’ प्रकाशन गर्न लागेको जानकारी पाउँदा अत्यन्तै खुसी
लागेको छ । यस ‘सुधा स्मारि का’ प्रकाशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । यसले विद्यालयको गतिविधिलाई उजागर गर्ने तथा यसमा समावेश हुने रचनाले शिक्षक, विद्यार्थी तथा पाठक वर्गको बौद्धिक विकासमा
सहयोग पु¥याउने विश्वास लिएको छु ।
विद्यालयको ६१ औं वार्षिकोत्सवको अवसरमा विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *