श्री सुधा माध्यामिक विद्यालय (कृषि वाली विज्ञान प्राविधिक) बंगलाचुली–५, झेल्नेटा, दाङ पहिलो पटक आफ्नो ६१ औं वार्षिकोत्सवको अवसरमा ‘सुधा स्मारि का’ प्रकाशन गर्न लागेको खबर पाउँदा अत्यन्त हर्षित भएको छु । यस अवसरमा स्मारिकाको सफलतको शुभकामना व्यक्त गर्न चाहन्छु ।
६१ औं वर्षसम्म यस विद्यालयको शैक्षिक क्रियाकलापको माध्यमबाट समाज रुपान्तरणमा खेलेको भूमिका प्रशंसनीय छ । मुलुकको बृहत्तर विकास एवम् सुसंस्कृत समाज निर्माणका लागि आवश्यक कर्तव्यनिष्ठ, अनुशासित, स्वभिमानी, स्वावलम्बी, उत्पादनशील, सचेत, सक्षम र लगनशील राष्ट्रप्रेमी नागरिक तयार गर्नमा यस विद्यालयको अग्रनि भूमिका रहने कुरामा म पूर्ण विश्वस्त छु ।
यो स्मारिका विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा विद्यालय स्थापनामा अतुलनीय योगदान पु¥याउने समाजसेवी एवम् शिक्षाप्रेमीहरुको स्मरण गर्दै शैक्षिक आन्दोलन मार्फत समाजलाई सहि मार्गमा डो¥याउन कोसेढुङ्गो साबित हुनेछ । यस विद्यालयको समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।