विद्यालयको पृष्ठभूमि

प्राचिनकालमा शिक्षा एक जटिल प्रकृया थियो जुन आर्जन गर्नका लागि ज्यादै कठिन थियो तापनि आज हामी जुन अवस्थामा आइपुगेका छौ त्यो प्राचिन शिक्षाको उपज हो । प्राचिन काल देखि नै मानिसहरु कुनै न कुनै रुपमा शिक्षा आर्जन गर्दै आइरहेको पाइन्छ । समयको चक्रसंगै जटिल बन्दै गएको मानव सभ्यता र संकृति शिक्षा विना कल्पना गर्न सकिदैनथ्यो । तसर्थ व्यत्तिःगत ऐच्छिक रुपमा रहेको शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता महसुरश भयो र यसै कदमलाई अगाडी बढाउँदा वर्तमान शिक्षा पद्धतिको सुरुवात भयो । जस्लाई प्राचिन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियुक्ति नहोला ।

प्राचिनकालमा शिक्षा एक जटिल प्रकृया थियो जुन आर्जन गर्नका लागि ज्यादै कठिन थियो तापनि आज हामी जुन अवस्थामा आइपुगेका छौ त्यो प्राचिन शिक्षाको उपज हो । प्राचिन काल देखि नै मानिसहरु कुनै न कुनै रुपमा शिक्षा आर्जन गर्दै आइरहेको पाइन्छ । समयको चक्रसंगै जटिल बन्दै गएको मानव सभ्यता र संकृति शिक्षा विना कल्पना गर्न सकिदैनथ्यो । तसर्थ व्यत्तिःगत ऐच्छिक रुपमा रहेको शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता महसुरश भयो र यसै कदमलाई अगाडी बढाउँदा वर्तमान शिक्षा पद्धतिको सुरुवात भयो । जस्लाई प्राचिन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियुक्ति नहोला । यस्तै संस्थागत संस्थाहरु मध्ये आफ्नै कथा व्यथा बोकी अनेकौ चुनौती र घुम्तीहरु पार गर्दै आएको विद्यालय हो । “श्री सुधा माध्यमिक विद्यालय वंगलाचुली ५ झेल्नेटा दाङ”

एसिया महादेशको दुईवटा अति शक्ति सम्पन्न राष्ट्रहरु चिन र भारतको वीचमा रहेको स्वतन्त्र राज्य तथा सार्वभौम सत्ताा सम्पन्न राष्ट्र नेपालको अति सुन्दर संगम मानिएको दाङ जिल्लाको सदरमुकाम घोराहीबाट उत्तर पूर्व पहाडी क्षेत्रमा रहेको दाङको कर्णाली भनेर चिनीने वंगलाचुली गाउँपालिका वडा नं. ५ को वंगलाचुली पहाड र टोड्के लेखको काखमा अवस्थित मुर्कुटी झेल्नेटा वजारको नजिक मानव वस्ती भन्दा अलि टाढा सल्लेरी जंगलको छेउमा रहेको छ “श्री सुधा माध्यमिक विद्यालय वंगलाचुली ५ झेल्नेटा दाङ”

शिक्षा नै विकासको पुर्वाधार ठानी परिवर्तनशील संसारिक गतिविधि संगसंगै रुप बदल्ने मानवीय प्रकृति र हरेक समाजको उत्थानमा विभिन्न विशिष्ट व्यक्तिहरुको योगदान रहने सत्यता अनुसार यस विद्यालयको स्थापना भारतीय सेनामा कार्यरत भएको समयमा त्यहाँको शिक्षाबाट प्रभावित भएर अवकास पश्चात समाजसेवी, शिक्षाप्रेमी स्व. विनिराम वुढाको अगुवाइमा स्थानीय शिक्षाप्रेमी, वुद्धिजीवि र अभिभावकहरुको सकृयतामा हाल विद्यालय रहेको स्थानमा विद्यालयको वीजारोपन भएको पाइन्छ । त्यस पूर्व विद्यालय संचाल गर्ने शिलशिलामा शिक्षाप्रेमी श्री विनिराम वुढा ज्यूले तत्कालिन लोहारपानी गाउँपञ्चायत वडा नं. ६ भेडाबाध्नेचौरमा  विद्यार्थीहरु जम्मा गरेर स्वयम आफै र तिमिले निवासी स्व. जागेश्वर घर्तिले १२÷१३ जना विद्यार्थीहरु जम्मा गरी निःशुल्क पढाउन शुरु गरी विद्यालयको शुरुवात गरेको पाइन्छ । विद्यालय संचालन गर्नेक्रममा गर्मिको समयमा खड्काभतेर र हिउदमा भेडा वाध्ने चौरमा पढाउने गरेको इतिहास पाइन्छ ।  विद्यालय संचालन गर्ने विद्यार्थीहरुको अभावलाई कम गर्न वालवालिकाको घरघरमा गई विद्यार्थीहरु जम्मा गरेर शिक्षा प्रदान गरेको पाइन्छ । सो क्रममा विकसित हुदै जाँदा अन्य शिक्षाप्रेमीहरुसंग हातेमालो गर्देै तत्कालिन लोहारपानी गाउँपञ्चायत वडा नंं. ६ मा रहेको झेल्नेटा (खड्काभतेर)मा रहेको गाई वस्तुले पानी खाने पोखरीलाई पुरेर खरले छाएको छाप्रो बनाई वालवालिकाहरुलाई शिक्षा प्रदान गर्न थालियो । स्थानीयहरुका गाईवस्तुले पानी खाने पोखरी पुरीए पछि विद्यालय स्थापना गरिएको स्थानदेखि पश्चिममा अर्को पोखरी  खनी दिएको र विद्यार्थीहरुको संख्या बढ्दै गएपछि विद्यालयको खेल मैदान नभएको कराणले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउन नसकिएको अवस्थामा वि.सं. २०७४ मा स्थानीय निर्वाचनमा निर्वाचित वंगलाचुली गाउपालिका वडा नं. ५ का वडाध्यक्ष श्री एनुराज खत्रीको पहलमा गाउँपालिकाबाट वजेटको व्यवस्था गरी उक्त पोखरीभएको स्थानमा डोजरको प्रयोग गरी ठूलो खेलमैदान वनेको छ । त्यसै कार्यलाई विद्यालयको रुपमा विकसित गर्ने क्रममा मिति २०१७ फागुन १७ गतेका दिन शिक्षाप्रेमी, समाजसेवीहरु भेला भई श्री सुधा प्राइमरी स्कुलको नाम जुराइ यस श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङको स्थापना भएको हो । 

विद्यालयको ऐतिहासिक पृष्ठभूमीलाई नियालेर हेर्दा यस जिल्लाका पुराना विद्यालयहरु मध्ये श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा, दाङ पनि एक हो । विद्यालय स्थापना कालमा लामो समय सम्म विनिराम वुढा र तिमीले निवासी जागेश्वर घर्तीले विद्यालय संचालन गरे पछि यस विद्यालयको प्रधानाध्यापक भई श्री धन सिहं पुन (फाटा) र श्री ढुण्डीराज घर्ती (फाटा) समेत दुइ जनाले शिक्षकले कक्षा १ दखि ५ सम्म ५०÷६०  जना विद्यार्थीहरुलाई जम्मा गरी अध्यापन गरेको पाइन्छ । यसरी स्थापना भएपनि त्यसवेला सरकारी अनुदान प्राप्त नहुने भएकोले विद्यालय संचालक समितिका अध्यक्ष श्री विनिराम वुढा लगायत स्थानीय वुद्धिजीवि, समाजसेवि, शिक्षाप्रेमीहरुको सक्रियतामा विद्यार्थीहरुबाट नगद तथा प्रत्येक कृषकहरुबाट अन्न उठाएर त्यहि अन्न विक्रि गरी आएको रकमबाट विद्यालय संचालन गरेको कुरा यहाँका स्थानीय वृद्धहरु वताउनु हुन्छ । वि.सं. २०२२ साल असार महिनामा कोल निवासी पदम बहादुर वुढा सल्यान जिल्लाको खलंगा (त्यति वेला यो क्षेत्र सल्यान जिल्लाको नौसयमा पर्दथ्यो) गई सरकारबाट प्राप्त अनुदान रु ११००। ल्याएर विद्यालय संचालन गरेको इतिहास पाइन्छ । यस विद्यालयको पहिलो प्रधानाध्यापक श्री धनसिंह पुन (फाटा) भएको पाइन्छ भने त्यस पछि ढुण्डीराज घर्ती भएको इतिहास भएको पाइन्छ । त्यस्तै फलिदे निवासी श्री मान बहादुर वुढा, ढाड निवासी श्री चित्र बहादुर घर्ती, हरी प्रसाद शर्मा समेत यस विद्यालयको प्रधानाध्यापक भई कार्य गरेको पाइन्छ । विद्यालयको विकास र विद्यार्थी संख्या बढ्दै गएपछि वि.सं. २०३५ सालमा यस विद्यालयले नि.मा.वि. को स्वीकृत पाएको थियो । त्यहि वेला प्रधानाध्यापक श्री भोजराज भण्डारी सहितका शिक्षकहरुलाई अध्यापन गराउनु भएको थियो । त्यस पछि क्रमशः श्री कृष्ष्ण बहादुर खत्री, दामोदर घिमीरे लगायतका व्यक्तित्वहरु प्रधानाध्यापक भई विद्यालयको विकासमा सहयोग पुर्याउनु भएको थियो । वि.सं. २०३७ देखि शिक्षण पेशामा संलग्न हुनुभएका श्री गोकर्ण बहादुर पुन वि.सं. २०३९ सालमा प्रधानाध्यापक भइ लामो समयसम्म विद्यालयको भौतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिनु भयो भने श्री कृष्ण प्रसाद सुवेदी समेत विद्यालयको प्रधानाध्यापक यस क्षेत्रका विद्यार्थीहरु तथा अभिभावकहरुको शैक्षिक स्थितीलाई माथि उकास्न महत्वपूर्ण भूमिका निभाउनु भयो । श्री गोकर्ण पुनले स्वच्छिक अवकास लिएपछि श्री सीता कुमारी यादवले विदालयको प्रधानाध्याप हुनुभयो । उहाँ नै श्री सुधा माध्यमिक विद्यालयको पहिलो  महिला प्रधानाध्यापक हुनुभयो । वि.सं. २०७६ देखि २०७८ मंसीर सम्म यस विद्यालयको प्रधानाध्यापक भई श्री वावुराम पौडेलको पालामा विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा अनुकरणीय कार्य गर्दै विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालय वनाउन महत्वपूर्ण निर्वाह गर्नु भएको छ । संस्थापक अध्यक्ष श्री विनिराम वुढाले विजारोपण गरेको विद्यालयलाई मलजल हाल्दै ईंटमा ईंट थप्ने काम विद्यालय व्यवस्थापन समिति÷विद्यालय संचालक समितिका अध्यक्षहरु श्री भिम बहादुर वली, श्री वुद्धिराम वुढा, श्री भक्त बहादुर वली, श्री पुनाराम थापा, श्री कासीराम वली हुदै आज वंगलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री एनुराज खत्रीको काधमा आएको छ ।

शिक्षा नै मानव विकास गर्ने गोरेटो भएकोले वढ्दो ईच्छा आकांक्षाको साथै देशमा बढ्दै गइरहेको शहरीकरण औद्योगिकरण र जनसंख्याको अत्यधिक चापका कारण शिक्षा क्षेत्रको पनि थप आवश्यकता महशुस गरियो । यसै क्रममा श्री सुधा माध्यमिक विद्यालय झेल्नेटा दाङले एक खुट्कीलो पार गर्दै वि.सं. २०५६ सालमा माध्यमिक तहको अनुमति पाए पश्चात वि.सं. २०५८ सालमा पहिलो पटक एस.एल.सी. परीक्षामा सामेल भएको हो । वि.सं. २०७६ सालमा प्रावधिक धार अन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषिवाली विज्ञानको अध्यापन भइरहेको छ भने वि.सं. २०७६ सालमा कक्षा ११ को अनुमति पाएको  यो विद्यालय हाल कक्षा १२ सम्म संचालित छ । ११९६ जना विद्यार्थीहरुको उज्ज्वल भविष्य वोकेर उदाउँदो सूर्य झै मुस्कुराउँदै अगाडी बढ्ने क्रममा यस विद्यालयले वि.सं. २०७७ वंगलाचुली गाउँपालिकामा उत्कृष्ठ भई नगद रु २०००००। तथा जिल्लाकै सर्वोउत्कृष्ठ विद्यालय भइ सामाजिक विकास डिभिजन कार्यालय दाङबाट नगद २५००००। पुरुस्कार जित्न सफल भयो ।

वि.सं. २०१७ सालमा शिशु अवस्थामा वीजारोपण भएको यस विद्यालयले सैयौ अभिभावक तथा हजारौ वालवालिकाहरुको सपनालाई साकार पारिरहेको छ । यस विद्यालयमा कक्षा शिशु देखि कक्षा १२ सम्म ११९६ जना विद्यार्थीहरुले अध्ययन गरिहेका छन् भने अस्थायी र स्थायी गरी ३५ जना शिक्षकहरु मध्य १५ जना शिक्षकहरु गाउँपालिकाका अनुदानबाट तलवभत्ता खाने गरी कार्यरत हुनुहुन्छ । एक जना लेखापाल, चार जना सहायक कर्मचारीहरु निरन्तर कार्यरत यस विद्यालयको उज्ज्वल भविष्यको लागि समयको निरन्तर गति संगै निरन्तर खटि रहनु भएको छ ।

वि.सं. २०१७ साल फागुन १७ गते श्री सुधा प्राइमरी स्कुलको नाममा यस श्री सुधा माध्यमिक विद्यालय स्थापना भएको पाइन्छ । क्रमशः २०३५ सालमा नि.मा.वि., २०५६ सालमा मा.वि., २०७५ सालमा कक्षा ११ र २०७६ सालमा कक्षा १२ हुदै वि.सं. २०७६ सालमा प्राविधिक धार तर्फ कृषि वालि विज्ञान कक्षा ९—१२ समेत संचालन भइ रहेको छ । शैक्षिक सत्र २०७७ देखि वंगलाचुली अंग्रेजी वोर्डिङ स्कुल र वंगलाचुली प्राथमिक विद्यालय मुर्कुटीलाई मर्ज गरी श्री सुधा माध्यमिक विद्यालयले वंगलाचुली अंग्रेजी वोर्डिङ संचालन भएको भवनमा अंग्रेजी माध्यमबाट निःशुल्क कक्षा ५ सम्म शिक्षण गरी रहेको छ । अंग्रेजी माध्यमलाई क्रमशः कक्षा १२ सम्म लैजाने योजना रहेको छ । वंगलाचुली गाउँपालिकाका अध्यक्ष श्री भक्तबहादुर वली, पूर्व प्रमुख प्रशासकीय अधिकृत श्री नेव बहादुर वली, पूर्व शिक्षामन्त्री गिरीराजमणि पोख्रेलका प्रमुख राजनैतिक सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) दाङका इन्चार्ज श्री जीवन गौतमको पहलम विद्यालयमा प्राविधिक धार अन्तर्गत कृषिवाली विज्ञान विषय ल्याउनमा अनुकरणीय सहयोग गर्नु भएको थियो ।  

अभिभावकको लगानी त्याग तपस्याबाट यो विद्यालय स्थापना, विकास र विस्तार हुदै यहाँ सम्म आइ पुगेको छ । यस विद्यालयले अनेकौ आरोह अवरोह पार गर्दै आजको यो सुखद अवस्था सम्म आइपुगेको छ । आजको युग प्रतिस्पर्धाको युग हो । दक्ष जनशक्ति उत्पादन गरी विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने नागरिक तयार गर्ने लक्ष्य लिएको यस विद्यालय सामु अनेकौ चुनौति पनि छन् । तापनि स्थानीय तहको निर्वाचन पश्चात आएका जनप्रतिनीधिहरुको चासोका कारण यो विद्यालयले गति लिएको छ । वंगलाचुली गाउँपालिकाका अध्यक्ष श्री भक्त बहादुर वली, वंगलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्री एनुराज खत्री, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्री कासीराम वली, पूर्व प्रधानाध्यापक श्री गोकर्ण बहादुर पुनको पहल कदमीले यस विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा आमुल परिवर्तन भएको छ । टिनले छाएका पुराना संरचनाहरु हटाइ नयाँ सुविधा सम्पन्न संरचनाहरु वनेका छन् । शिक्षक अभावलाई कम गर्न अन्य विद्यालयबाट शिक्षकहरुलाई काजमा खटाउने देखि लिएर नेपाल रेडक्रस सोसाइटी तथा वंगलाचुली गाउँपालिकाको संयुक्त लगानीमा विद्यालयको आफ्नै मुहानबाट पानीलिप्ट गरी खानेपानीको अभावलाई अन्त्य गर्ने प्रयास भएको छ । टाढाबाट आउने विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था भएको छ । विद्यार्थीहरुको लागि खेल मैदान देखि लिएर अति सुविधा सम्पन्न सौचालयहरु, सुरक्षित तथा स्वस्थ पिउने पानीको व्यवस्था, पुस्तकालय, कम्प्युटर ल्याव, विज्ञान प्रयागशाला, कृषि ल्याव सम्मको व्यवस्था भएको छ । विद्यार्थीहरु तथा शिक्षकहरुको सुविधाको लागि चमेना गृह संचालन गरेको छ । वि.सं. २०७५ साल कार्तिक १३ गते देखि २१ गते सम्म यस विद्यालयले शैक्षिक ज्ञान महायज्ञ लगाएर करिब दुइ करोड दान संकलन गरी कृषि वाली विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रयोगात्मक कार्य गर्नलाई जग्गा समेत खरीद गरेको छ । पानी लिप्टङ गर्नलाई पानीको स्रोत भएको खेत किनेको छ भने संग्राहलय स्थापना गर्न छुट्टै भवन निर्माण गरेको छ ।

विज्ञान प्रविधिको विकाससंगै संसार सागुरो हुदै गएको अवस्थामा प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रत्येक कक्षा कोठामा स्मार्टवोर्ड, डिजीटल बोर्ड प्रोजेक्टर व्यवस्थापन गने र प्रत्येक शिक्षकको हातमा ल्यापटप उपलब्ध गराउने लक्ष्य लिएको छ । 

आज मुलुकमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भइ राजनैतिक रुपमा कायापलट भएको छ तर सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा, रोजगारका क्षेत्रमा झन झन आक्रान्त वनेका छन् । नेपालको संविधधान २०७२ मा शिक्षालार्य मौलिक हकको रुपमा उल्लेख गरिएतापनि आर्थिक अभावकै कारणले गरिव, निमुखा, सडक वालवालिकाहरु शिक्षाको अवसरबाट वञ्चित वनेको तथ्य जिवीत छ । आज पनि शिक्षाको राष्ट्रिय नीति स्पष्ट छैन । स्थानीय तह, प्रदेश र केन्द्रले यसको स्पष्ट खाका वनाइ नसकेकोले शिक्षामा अन्यौल छाएको यथार्थ हो । पाठ्यक्रम, पाठ्यपुस्तक समयानुकुल निर्माण हुन सकेको छैन । स्तुती गान र कारीन्दामुखी शिक्षा प्रणालीबाट राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुन कुरा असम्भव प्राय छ । तानाशाही निर्दलिय पञ्चायती व्यवस्थाको जन्मसंगै स्थापना हुन पुगेको यस विद्यालय आजको राजनैतिक परिवर्तनको अवस्थामा उभिदा पनि राष्ट्रका अन्य विद्यालय जस्तै विभिन्न चनौतिहरुसंग चुध्नु परेको तथ्य हामीबाट लुकेको छैन ।

Calender

October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Recent Posts

Recent Comments

    Archives

    Categories

    सम्बन्धित वेबसाईट हरु

    [smartslider3 slider="2"]